आइतबार, २५ साउन २०८२

पहिरोले बस्ती नै जोखिममा परेपछि आफन्तको घरमा शरण लिन बाध्य


काठमाडौं । सिन्धुपाल्चोकको लिसंखु पाखरमा गाउँपालिका ५ जेठलमा पहिरो जाँदा स्थानीय बिचल्लीमा परेका छन् ।

पहिरोको जोखिम बढेपछि त्यहाँ रहेका नौ घर परिवारलाई अन्यत्र आफन्तको घरमा सारिएको छ । पहिरोको जोखिममा रहेका उनीहरुलाई स्थानिय जनप्रतिनिधीको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो ।

गएको जेठ र साउनमा आएको पहिरोले ठूलो क्षति भएको र छेउछाउका बस्तीमा समेत जोखिम बढेको स्थानीयको भनाई छ ।
थामखड्कबाट आएको पहिरोले आफ्नो घर चर्किएको बताउदै स्थानीय  गणेशबहादुर जैशी भन्छन् ‘नयाँ ठाउँमा घर बनाउन पैसा छैन । यहि घरमा बस्न सक्ने अवस्था रहेन ।’ 

दोलखा र सिन्धुपाल्चोकको सिमानाबाट आएको पहिरोले झण्डै ५० मिटर भासिएको र त्यहि पहिरोको कारण तलतीर भएको बस्तीमा जोखिम बढेको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ