बुधबार, २५ असार २०८२

भाेटेकाेसीमा आएकाे बाढीले १८ जना सम्पर्कविहिन


काठमाडाैं ।  जिल्ला प्रहरी कार्यालय रसुवाले मंगलबार बिहान भोटेकोसी नदीमा आएको बाढीपछि १८ जना सम्पर्कविहीन भएको जानकारी दिएको छ।

प्रहरीले सूचना जारी गरी ३ प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएको हो।

रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो। 

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ। 

यस्तै बाढीले गोसाइँकुण्ड २ मा रहेको ईभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको जानकारी प्रहरीले दिएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ