मङ्गलबार, २४ असार २०८२

उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह


फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले रसुवास्थित नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको बाढीपछि उद्धार र राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी रसुवामा आएको बाढीले गरेको जनधनको क्षतिले सबैलाई दुःखित र गम्भीर बनाएको बताए।

उक्त घटनामा परेर हालसम्म तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

वर्षाको समयमा हरेक वर्ष बाढी पहिराको प्रकोप सामना गर्नुपरेको र बेमौसममै पनि गत वर्ष असोज १२ गते गम्भीर विपत्ति व्यहोर्नुपरेको स्मरण गर्दै/स्मरण गराउँदै कांग्रेसले एक्यबद्ध ढङ्गले प्रकोपको सामना व्यवस्थित योजनाका साथ गर्न तीनै तहको सरकारलाई आग्रह गरेको छ। कांग्रेसले नागरिक तहबाट अपनाउनुपर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपिल गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ