- असार ०७, २०८०
काठमाडाैं । गुण्डा नाइके चक्रे मिलन धरौटी बुझाएर रिहा भएका छन्
कुटपिट घटनामा ज्यान मार्ने उद्योगमा चलाइएको मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
जन्मदिन मनाउँदै गर्दा पक्राउ परेका उनी काठमाडौंमा चलाइएको अभद्र मुद्दामा २ दिनअघि काठमाडौं अदालतको आदेशबाट ३० हजार धरौटी बुझाएर छुटेका थिए ।
टिप्पणीहरू: