शुक्रबार, २० असार २०८२

सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द


काठमाडौँ। सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन्।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ।

विभागका अनुसार समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सबै सेवाहरु बन्द भएको छ।

‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भैरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (eDL प्रणाली, Online आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरुको सबै सेवाहरु बन्द भएको व्यहोरा जानकारी गराइन्छ’, जारी सूचनामा भनिएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ