सोमबार, २३ असार २०८२

मर्निङवाकमा निस्केका कुँबर अनामनगरबाट बेपत्ता


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् ।

यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका–२९ अनामनगर अनामनगर स्थित डेराबाट मर्निङ वाकका लागि निस्किएका कुँवर हराएको आज पाँच दिन भइसक्दा समेत कुनै पत्ता नलागेको उनका नातेदार देवबहादुर कुँवरले जानकारी दिए ।

 “काका हराउनु भएको आज पाँच दिन भइ सक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिले सम्म कुनै पत्ता लागेको छैन् ।”

पेसाले शिक्षक पेसामा आवद्ध रहेका भएका कुँवर एका एक हराएपछि उनका आफन्तहरु चिन्तित छन् । अछाम घर भई हाल काठमाडौँ हाडिगाउँ बस्दै आएका  कुवँरका नातेदार एवं कुण्डाली सेवा समाजका कोषाध्यक्ष धर्मराज खड्काका अनुसार मर्निङवाक जाँदा उनी हराएका हुन् ।  'घरमा निकै तनाब भएको छ । हराएको पाँच दिन बितिसक्यो, सबै ठाउँमा खोजी कार्य गर्दैछौँ । फेला पर्न भएको छैन् । उहाँका एक श्रीमती, युवराज, अनिल र धिरज गरी तीन छोरा छन् ।” उनले भने ।

कुँवर हराएकाे विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराएकाे भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ