शुक्रबार, २३ साउन २०८२

कालीकोटको टाकुल्लामा हाइस दुर्घटना, ७ जना घाइते


जुम्ला। जिल्लाको टाकुल्लामा आज बिहान जिप दुर्घटना हुँदा एक बच्चा, एक महिलासहित सात जना घाइते भएका छन्।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको हाइस गाडी कालीकोटको टाकुल्लामा दुर्घटना भएको थियो।

घाइते सबैलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए।

बा१झ ०९७६ नम्बरको फोर्स अनियन्त्रित भई करिब १०० मिटर तल तिला नदीमा खसेको हो। दुर्घटनामा पाँच जना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए।

दुर्घटनास्थल कालीकोटमा भएको जानकारी त्यहाँको प्रहरी कार्यालयबाट प्राप्त भएको हो।

अहिले कालीकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ। घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ