शनिबार, १७ साउन २०८२

गुण्डागर्दीमा संलग्न चक्रे मिलनसहित ४८ जना पक्राउ


काठमाडाैं ।   विहीबार रातभर प्रहरीले चलाएकाे गुण्डाविरुद्ध अपरेसनमा चक्रे मिलनसहित ४८ जना पक्राउ परेका छन् । 

महाराजगञ्जस्थित साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। चक्रे मिलनको जन्मदिन मनाउन  जमघट भएको बेला प्रहरीले पक्राउ गरेकाे थियाे ।

विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरूलाई पक्राउ आजदेखि क्रिमिनल ट्रयाक रेकर्ड हेर्न थालेकाे प्रहरीकाे भनाई छ ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टीमले गुण्डाविरुद्ध संयुक्त अपरेसन चलाएको थियो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ